बिहीबार, वैशाख ३, २०८३

ब्रिगेड ललित स्मृति कप यू-१८ को च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- चौथो संस्करणको ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलमा ब्रिगेड ब्वाईज क्लबल च्याम्पियन बनेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनल खेलमा विभागिय टोलो नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । 

उपाधिसँगै ब्रिगेडले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो । खेलको एकमात्र निर्णाय गोल पहिलो हाफमा भएको थियो । 

ब्रिगेड ब्वाईजको जितका लागि खेलको एकमात्र निर्णायक गोल बिर्जेश चौधरीले गरेका हुन् । उनले खेलको २३ औं मिनेटमा गोल गर्दै ब्रिगेडलाई उपाधि दिलाए । निकै नै रोमाञ्चक बनेको खेलमा पुलिसले आफ्नो गोल गर्ने प्रयासलाई सफल पार्न सकेन् । 

यसअघिको उपाधि पनि ब्रिगेड ब्वाइजले उचालेको थियो । यता पुलिस भने ललित स्मृति कप यू-१८ च्याम्पियनसिपमा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।