बिहीबार, वैशाख ३, २०८३

विश्वकप छनोट : नेपालले सुरुवाती घरेलु खेल नखेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कतार विश्वकप फुटबल २०२२ अन्तरगतको एसिया छनोटको दोस्रो चरणमा नेपालले सुरुवाती घरेलु खेल नखेल्ने भएको छ । सुरुवाती घरेलु खेल आयोजनाका लागि दशरथ रंगशाला सम्पन्न नहुने भन्दै एन्फाले सुरुवाती घरेलु खेल नखेल्ने भएको हो । 

पहिलो पटक एसिया छनोटको दोस्रो चरण खेल खेल्न लागेको नेपालले अब सुरुमा अवे खेल खेल्ने एन्फाले जनाएको छ । बुधबार फिफिले सार्वजनीक गरेको ड्र अनुसार समूह ‘बी’मा रहेको नेपालले छनोट अन्तरगत आफ्नो पहिलो खेल भदौ १९ गेत घरेलु मैदानमा खेल्नु पर्ने थियो । 

त्यस्तै दोस्रो खेल भदौ २४ गते चाइनिज ताईपेसँग र तेस्रो घरेलु खेलमा असोज २८ गते जोर्डनसँग खेल्नु पर्ने थियव । तर, राष्ट्रिय खेलकुद परिषद् राखेपले कात्तिक १५ को समय सिमा राखेर रंगशाला हस्तान्तरणका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि सुरुवाती तीन घरेलु खेलको सट्टा अवे खेल खेल्ने भएको हो । 

त्यसका लागि एन्फाले सम्बन्धित देशका फुटबल संघलाई पत्र लेख्दै सुरुमा ‘अवे खेल’का लागि सहमती माग गरेको छ । उनीहरुले औपचारिक रुपमा सहमतीको पत्राचार गरेपछि एएफसीमा पत्राचार गर्ने एन्फाले जनाएको छ । दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।