एजेन्सी- इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले युवा डिफेन्डर म्याथिज डि लिटलाई अनुबन्ध गरेको छ । गत सिजनको च्याम्पियन्स लिगमा युभेन्ट्सलाई नै पराजित गर्न महत्वपूर्ण भुमिकासँगै आयाक्सको कप्तानी सम्हालेका डि लिटलाई युभेन्टसले बिहीबार अनुबन्ध गरेको घोषणा गरेको हो ।
डि लिटलाई अनुबन्ध गरेसँगै चार नम्बरको जर्सी प्रदान गर्ने भएको छ । डि लिटले युभेन्टसमा आउनुको मुख्य कारण पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भएको जनाएका छन् । ‘युइएफए नेशन्स लिग पछि म युभेन्ट्स जादै छु भन्नेमा विश्वस्त थिए ।’

सेन्टर ब्याक डि लिटले भने, ‘तर यो सबैको प्रशंसा रोनाल्डोलाई जान्छ । किनकी रोनाल्डोले मलाई यहाँ अनुबन्ज्ध हुन आग्रह गरेका थिए । उनले मलाई युभेन्टसमा आमन्त्रित गरे ।’
उनले थपे, ‘म सधै युभेन्ट्सको बारेमा राम्रो भावना राख्द छु र म सधै यस क्लबको एक प्रशंसक हु ।’ उनले आफु १९ वर्षको भएको र आफुलाई कडा मिहिनेत गरेर सुधार गर्दै लैजानेमा विश्वस्त रहेको बाएका छन् । उनले भने, ‘म एक असल केलाडी बन्नेका आसा राख्द छु र म उन सबैको जित्न चाहन्छु जो युभेन्ट्स चाहन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४