बिहीबार, वैशाख ३, २०८३

आइसिसी बैठक : क्यानको निलम्बन यथावत्,  जिम्बावेलाई प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन यथावत् नै राखेको छ ।

इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई ०७३  वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन । 

आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक सङ्कटमा छ । आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महिनाभित्र यस मुद्दालाई समाधान गर्न अल्टिमेटम दिएको छ । 

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।