बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री पण्डित भन्छन् : कर्मचारी प्रशासन सुधार्न सरकार कडा बन्छ

मन्त्री पण्डित भन्छन् : कर्मचारी प्रशासन सुधार्न सरकार कडा बन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।

मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको बताए।

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए। उनले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।