बुधबार, साउन २७, २०८३

'विप्लव' समूहले लियो धनगढी विस्फोटको जिम्मा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बिहीबार राति कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द नेतृत्वको समूहले लिएको छ। विप्लव समूहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विस्फोटमा परी मृत्यु भएका राम सिंहले आत्मरक्षाका लागि बोकेको बम विष्फोट भएको बताएको छ। 

उसले घटनामा दु:ख व्यक्त गर्दै घटना घट्नुको पछाडि दलाल पूँजीबादी संसदीय व्यवस्था र केपी ओलीको फाँसिवाद सरकार रहेको भन्दै निन्दा गरेको छ। घटनामा परि अन्य चार जना घाइते भएका छन्। 

प्रहरीका अनुसार बझाङ स्थायी घर भएका सिह र उनीसँगै आएका लक्ष्मण सेरेला विप्लवका कार्यकर्ता हुन्।  विस्फोटमा घाइते लक्ष्मणको पनि शरीरका अधिकांश भागमा बमको छर्रा लागेकाले अवस्था गम्भीर छ। 

भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका छन्। उनीहरुको अवस्था समान्य रहेको जनाइएको छ।

सरकार र विप्लव समूहबीच वार्ताको अनौपचारिक छलफल जारी रहेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।