बुधबार, मंसिर ३, २०८२

‘यो मन’ बाट उत्साही जोन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - जोन राईलले ‘यो मन’ लिएर श्रोतादर्शकसामु आएका छन्। बेलायतमा अङ्ग्रेजी गीतको अफर आउँदासमेत नेपालीमै गीत गाउन थालेका राईको लन्डनमा सुटिङ गरिएको गीतमा त्यहाँको प्रकृति, भूगोल, रहनसहन लगायत  देख्न पाइन्छ।

राईको ‘यो मन’... बोलको गीतले राष्ट्रप्रेम, नेपाली भाषाप्रेम र सँगै नेपाली युवाको मन जित्ने प्रयास गरेको देखिन्छ। युट्युब र अन्य सञ्चार माध्यममा दर्शक/श्रोताको अगाध माया पाएका राईले यो गीतमा पाएको मायाबाट आफूलाई अरु गीत पनि गाउने प्रेरणा मिलेको बताउँछन् । 

जोन राईको जन्म नेपालको सोलुखुम्बुमा भएको हो। उनी भाग्यको लहरमा लहरी–लहरी काठमाडौं आए। गीत–सङ्गीत, पठनपाठनलगायत विभिन्न क्षेत्रमा मिहिनेत गरे र बानेश्वरमा सुविधासम्पन्न घर पनि बनाए। मिहिनेतलाई शिरोपर गरेका उनी यतिमा मात्रै सन्तुष्ट भएनन्। त्यसपछि थप प्रगति र अध्ययनलाई विस्तार गर्ने उद्देश्य बोकेर बेलायत हानिएका थिए। त्यहाँ अंग्रेजी गीत गाउन अफर आए पनि उनले अस्वीकार गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्