बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका-रसिया हतियार व्यापार युद्ध : साना देश चेपुवामा

अमेरिका-रसिया हतियार व्यापार युद्ध : साना देश चेपुवामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- केही दिनअघि टर्कीमा पहिलोपटक एस-४०० नामक रसियन मिसाइल डिफेन्स सिस्टमका उपकरण आए ।

टर्कीको रक्षा मन्त्रालयले यी उपकरण आएको सार्वजनिक सूचना दिनासाथ यो विश्व समाचार बन्यो । सिएनएन, बिबिसी, अलजजिरा, एसिया टुडे सम्मले यो समाचार मुख्य रुपमा कभर गरे । एक देशबाट अर्को देशले हतियार खरिद गर्दा विश्वभार चर्चा बन्नुको कारण अमेरिका र रसियाको हतियार व्यापार युद्ध हो ।

एस-४०० नामक रसियन मिसाइल डिफेन्स सिस्टम संसारमा अहिलेसम्म बनेको सबैभन्दा अत्याधुनिक भएको भन्दै टर्कीले खरिद गरेको छ । अमेरिका टर्कीको यस्तो खरिदसँग असन्तुष्ट छ । खरिद प्रक्रिया चल्दै गर्दा नै अमेरिकाले टर्कीलाई दबाब दिएको थियो । अमेरिकी कार्यकारी रक्षासचिव प्याट्रिक सानहानले टर्कीले अमेरिकी हतियार खरिद नगरेर रसियन गरेमा विभिन्न कारबाही चेतावनी दिएका थिए ।

रसियन खतियार खरिद गरेमा हाल अमेरिका र टर्कीले उत्पादन गरिरहेको एफ-३५ नामक युद्ध विमान कार्यक्रमबाट टर्कीलाई निकाल्ने, खरिद भइसकेको यो विमान टर्कीलाई नदिने, यो विमान चलाउन तालिम पाइरहेकाको तालिम जुलाई अन्तिमबाट अन्त्य गर्ने जस्ता धम्की अमेरिकाले दिएको थियो ।

जुलाई अन्तिमसम्ममा रसियन मिसाइल डिफेन्स खरिद बदर नगरे कारबाही गर्ने भनेकै महिनाको १२ तारिखमा टर्कीले रसियन हतियार खरिद प्रक्रिया अगाडि बढाउँदै पहिलो चरणका सामान राजधानी अंकरा ल्याएको छ ।

अमेरिकाको मध्यपूर्वको साझेदार राष्ट्र टर्कीले नै अमेरिकाको दबाब नमान्दै रसियन हतियार खरिद गरेको छ । साढे २ अर्ब अमेरिकी डलर हाराहारीको बजेटमा एस-४०० खरिद गर्न टर्कीले रसियासँग सन् २०१७  मा सम्झौता गरेको बिबिसीले लेखेको छ ।

अमेरिकी दबाबका बीचमा भारत पनि एस-४०० खरिद गर्दै

रसियालाइ घेर्न अमेरिकी नेतृत्वका विभिन्न देशहरुका सैनिक गठबन्धन उत्तर एटलान्टिक सन्धि संघठन (नाटो) को साझेदार टर्की भएकाले अमेरिकाको टर्कीलाई रसियन हतियार खरिद नगर्न चर्को दबाब थियो । नाटो रास्ट्र सदस्य टर्कीमात्रै हैन, अमेरिकाको दक्षिण एसियाली साझेदार भारतलाई पनि रसियन एस-४०० हतियार खरिद नगर्न अमेरिकी दबाब छ ।

सन् २०१८ को अक्टोबर ५ मा ५ अर्ब अमेरिकी डलर बराबरको एस-४०० मिसाइल डिफेन्स सिस्टम किन्न भारत भ्रमणमा रहेका रसियन राष्ट्रपति भ्यादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सहमति भएको थियो । भारतलाई सम्झौतालगत्तै अमेरिकाले रसियन हतियार नकिन्न दबाब दिइरह्यो ।

कतिसम्म भने गत जुन २५ मा अमेरिकी विदेश सचिव माइक पोम्पोओ भारत भ्रमणमा आए । भ्रमणमा रसियन हतियार नकिन्न भारतलाई दबाब दिएको भारतीय मिडियाहरुले लेखेका छन् ।  तर, भारतीय पक्षले रसिया र भारतको धेरै पुरानो रक्षा सम्बन्ध भएकाले यो सम्झौताबाट पछि हट्न नसक्ने प्रस्ट बनाएको भारतीय मिडियाहरुले लेखेका छन् ।

किन क्रूद्ध छ अमेरिका?

एस-४०० सालसम्म विश्वमा बनेको सबैभन्दा आधुनिक, सस्तो र शक्तिशाली हतियार भएको रक्षा विश्लेषकहरुको भनाइ छ । यही कारणले एस-४०० को खरिद गर्न चीनले सन् २०१४ मै ३ अर्ब अमेरिकी डलर बराबरको खरिद सम्झौता गरेको द डिप्लोम्याम म्यागाजिनले लेखेको छ । चिनले एस-४०० ल्याएर सन् २०१८ मै सफल परीक्षणसमेत गरेको छ ।

चीनपछि क्रमशः टर्की र भारत यो हतियार किन्ने लाइनमा छन् । साउदी अरेबिया र कतार आदि अमेरिका निकट देशहरुले एस-४०० मिसाइल डिफेन्स सिस्टम किन्न इच्छा जाहेर गरेका छन् ।

धेरै देशहरुले रसियन मिसाइल डिफेन्स सिस्टमले खरिद मन नपराउनुमा अमेरिकाका विभिन्न तीन कारण हुन सक्छन् ।

पहिलो कारण अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको रसियाले आर्थिक उन्नति गरेको हुन सक्छ । सन् २०१४ को मार्चमा युक्रेनको राज्य क्रिमिया रसियाले जनमत संग्रहका नाममा लिएको भन्दै अमेरिकाले नाकबन्दी लाएको थियो । ओबामाको पालामा लाएको सामान्य नाकान्दीसँगै सन् २०१६ मा अमेरिकी चुनावमा हस्तक्षेप भएको भन्दै थप नाकाबन्दी भयो ।

यही वर्षको मार्च १५ मा युरोपियन युनियन, क्यानडा र अमेरिकाले मिलेर थप रसियालाई नाकाबन्दी गरे । क्रिमियलाई रसियामा गाभेको, पूर्वी युक्रेनमा पृथकतावादी आन्दोलनलाई सहयोग गरेको र तीनवटा युक्रेनी पानीजहालाई आक्रमण गरेको भन्दै उनीहरुले रसियालाई नाकाबन्दी गरेका छन् ।

नाकाबन्दी गरेर रसियाली अर्थतन्त्र चौपट बनाएर झुकाउन खोजिरहेका बेला, चीनले ३ अर्ब डलर, टर्कीले साढे दुई अर्ब डलर र भारतले ५ अर्ब डलरका ठूल्ठूला हतियार खरिद सम्झौता गरेकोमा अमेरिका चिन्तित भएको हुन सक्छ ।

दोस्रो कारण, अमेरिकाका आफ्ना निकट भनिएका राष्ट्र टर्की र भारतले रसियन हतियार किनेमा अमेरिकी सैन्य संयन्त्र कमजोर भएको देखिने अमेरिकी डर हुन सक्छ । रसियालाई घेर्न बनाएको नाटोका मुख्य सदस्य राष्ट्रले नै अमेरिकी धम्कीको बेवास्ता गर्दै रसियन हतियार किन्दा अमेरिकी नेतृत्व क्षमता गिरेको देखिने चिन्ताले पनि अमेरिकाले यो दबाब दिएको हुन सक्छ ।

तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण चाहिँ अमेरिकाले भन्दा रसियाले विश्वमा सबैभन्दा शक्तिशाली जमिनदेखि आकाश हान्न बनाएको मिसाइल डिफेन्स सिस्टममा अमेरिकाको आरिस हुनसक्छ । आफू पनि बनाउन नसक्ने, सस्तो विकल्प दिन नसक्ने र रसियन मिसाइल डिफेन्सको आरिस मात्रै गर्ने अमेरिकी चरित्र देखिन्छ ।

एस-४०० जस्तै प्रकृतिका दुई प्रकारका मिसाइल डिफेन्स सिस्टम छन् अमेरिकाका । अमेरिकिी प्याट्रिओट र थाड नामक मिसाइल डिफेन्स एसियन एस-४०० भन्दा कमजोर भएको रक्षासम्बन्धी जानकारी दिने डिफेन्सवल्ड डट नेटले लेखेको छ ।

डिफेन्स वल्डका अनुसार प्याट्रिओटले १.३८ किलोमिटर प्रतिसेकेन्ड गतिमा आएको मिसाइल खसाउन सक्छ । थाडले २.८ किलोमिटर प्रतिसेकेन्डको गतिमा आएको मिसाइल खसाउन सक्छ । जब कि रसियाली एस-४०० ले यी दुवै मिसाइलभन्दा ज्यादै धेरै ४.८ किलोमिटर प्रतिसेकेन्डमा आएका मिसाइल खसाउन सक्छ ।

यतिमात्रै हैन, अमेरिकाका प्याट्रिओटले २० र थाडले २०० किलोमिटर परको मिसाइल खसाउन सक्छन्। एस-४०० ले ४०० किलोमिटर परकै मिसाइल खसाउन सक्छ । प्रविधिमा मात्रै हैन पैसामा पनि रसियन हतियार सस्तो र कुनै सर्तविहीन भएकाले अमेरिकालाई तनाव भएको हुनसक्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।