बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बल्खु र कालिमाटीमा छापा : १५ तरकारी व्यापारी कारवाहीमा 

बल्खु र कालिमाटीमा छापा : १५ तरकारी व्यापारी कारवाहीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा छापा मारेको छ।

छापाको क्रममा बल्खुमा ८ र कालिमाटीका ७ तरकारी व्यापारीलाई कारबाही गरिएको छ । तरकारीको भाउले आकाश छोएको गनासो बढेपछि विभागको टोलीले शुक्रबार बिहान अनुगमन गरेको हो ।

अनुगमनका क्रममा होलसेल बजारभित्रै बढी मूल्यमा बेच्ने बल्खुस्थित तरकारी बजारका ८ व्यापारीलाई कारवाही गरिएको छ । 

अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारवाही गरेको यो पहिलो पटक हो। ८ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको छ ।

एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०–५० रुपैंया नाफा राखेर बेचेको पाइए पछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बताए।

यसैगरी कालीमाटीस्थित तरकारी बजारमा पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा कालिमाटीका ७ तरकारी व्यवारीमाथि कारबाही गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।