बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी विस्फोटका पाँच घाइते मध्ये एकको मृत्यु, खुल्यो थप रहस्य   

धनगढी विस्फोटका पाँच घाइते मध्ये एकको मृत्यु, खुल्यो थप रहस्य   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम बिष्फोटमा परी घाईते भएका एक जनाको मृत्यु भएको  छ। 

घाइते राम सिंहको माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङ स्थायी घर भएका सिह हाल कंचनपुरमा बस्दै आएको खुलेको छ । 

बिहीवार साँझ  बिष्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले झोला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउदा प्रेसरले पडकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
 
बिष्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भएपनि बाहिर लैजान नसकेपछि उनको मृत्यु भएको हो । 
                      
घट्नास्थलमा स्टीलको टिफिनका टुक्रा भेटिएको प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । गिरीले पराम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता भएको बताए । 

दुबैजना सँगै होटलमा आएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि बरामद गरेको छ। म्यागजीनभित्र गोली भरिएको अवस्थामा पेस्तोल फेला परेकाले प्रहरी उपरीक्षक गिरीले बताए।

घट्नास्थलमा से ७ प ३१४४ नम्बरको मोटरसाईकलसमेत फेला परेको प्रहरीले जनाएको छ । सिंह र सेरेला दुबै पुर्व माओवादी लडाकुसमेत रहेको खुलेको प्रहरीले जनाएको छ । 

घाईते लक्ष्मणको पनि शरीरका अधिकांश भागमा बमको छर्रा लागेकाले अवस्था गम्भीर छ ।    भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका छन्।

ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए। यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरी छर्रा लागेको छ भने खानको मुखमा ठूलो चोट छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।