बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा बिस्फोट, ५ जना गम्भीर घाइते, घटनास्थलमा पेस्तोल फेला

धनगढीमा बिस्फोट, ५ जना गम्भीर घाइते, घटनास्थलमा पेस्तोल फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कैलाली- धनगढी उपमहानगरपालिका–४ स्थित एक होटेलमा विस्फोट ५ जना गम्भीर घाइते भएका छन्। 

बिहिबार साँझ करिब सवा ७ भएको विस्फोटमा परी ५ जना गम्भीर घाइते भएको र जसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

सहिद चोक नजिकै केशवराज पाण्डेले सञ्चालन गरेको होटेलमा विस्फोट हुँदा होटेल सञ्चालक पाण्डेसहित ५ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुको धनगढीको माया नेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा बझाङ घर भएका रामबहादुर सिंह, कञ्चनपुरको बेलडांडीका लक्ष्मण सेरेला, धनगढीकै जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान रहेका छन् । घाइतेमध्ये रामबहादुर सिंहको शरीरको अधिकांश भाग जलेको छ ।

होटेलमा अचानक विस्फोट भएपछि सुरुमा ग्यास सिलिण्डर विस्फोट भएको अनुमान गरिए पनि सिलिण्डर विस्फोट भएको नपाइएको प्रहरी नायब उपरिक्षक दक्ष बस्नेतले बताएका छन् ।

घटनास्थलमा एउटा पेस्तोल पनि भेटिएको प्रहरी नायब उपरिक्षक जानकारी दिएका छन् । उनका अनुसार होटेलमा एउटा झोला पनि भेटिएकाले झोलामा विस्फोटक पदार्थ रहेको र सो पदार्थ विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।