बुधबार, साउन २७, २०८३

वडाध्यक्षको मोटरसाइकल दुर्घटनामा मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – बैतडीको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटना परी निधन भएको छ। 

सतबाँझबाट खोचलेक तर्फ जाँदै गरेको अध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट चन्द्रसिंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्ष चन्द गम्भीर घाइते भएका थियो। चन्दलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषणा गरिएको हो। 

चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटना करिब साँझ ५ बजेतिर भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।