बुधबार, साउन २७, २०८३

विप्लव समूहका ७ नेता रिहा गर्न सर्वोच्चको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७ जना नेतालाई रिहा गर्न आदेश दिएको छ।

अदालतले पक्राउ परेका भक्तपुर जिल्ला सेक्रेटेरीसहित ७ नेतालाई छोड्न बिहीबार आदेश दिएको हो।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै सातै जनालाई रिहा गर्न आदेश दिएको हो।

रिट निवेदनमा भएको बहसमा न्यायाधिश ईश्वर खतिवडा, तेज बहादुर केसी र बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न आदेश दिएको हो।

रामेछापका तेजबहादुर मोक्तान, सल्यानका चित्रकमल ओली, रोल्पाका बुद्दिलाल पुन, झापाका तेजराज काफ्ले र डम्बरबहादुर तामाङ, ओखलढुंगाका बुद्दिबहादुर सुनुवार तथा भक्तपुरका राकेश श्रेष्ठसहित ७ जनालाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित अर्जुन तामाङले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।