बुधबार, साउन २७, २०८३

घुस लिँदैगर्दा कम्युटर अपरेटर पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

तनहुँ- डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन्।

सडक योजनाको भुक्तानी गरिदिएबापत् सेवाग्राहीसँग घुस लिइरहेका पौडेललाई खख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनीसँग वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट गएको टोलीले पौडेल र शाहीलाई १ लाख ७५ हजार रकमसहित नियन्त्रणमा लिएको हो।

उनीहरुलाई डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्यिारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।