बिहीबार, वैशाख ३, २०८३

अफ्रिका कपमा नाइजेरिया तेस्रो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अफ्रिका कप अफ नेसन्समा नाइजेरिया तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा ट्युनेसियालाई १-० गोलले पारजित गर्दै नाइजेरिया तेस्रो भएको हो ।

नाइजेरियाको जितका लागि खेलको एकमात्र निर्णायक गोल ओडियन इग्लुले गरे । उनले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गर्दै नाइजेरियालाई अग्रता दिलाएका थिए । त्यसपछिमा दुबै टोलीबाट कुनै पनि थप गोल हुन नसक्दा खेल नाईजेरियाले जितेको हो । 

इग्लु प्रतियोगिता कै सर्वााधिक गोलकर्ता समेत हुन् । उनले प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका छन् । नाइजेरियाले तीन पटक उपाधि जितेको छ भने यो आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो । सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधिको नजिक छ । उसले सन् १९९० को विजेता अल्जेरियासंग शुक्रबार फाईनल खेल खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।