बुधबार, साउन २७, २०८३

युनाइटेडको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अन्तर्राष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा फराकिलो जित निकालेको छ । बुधबार भएको मैत्रिपूर्ण खेलमा लिड्स युनाइटेडलाई ४-० गोलले पराजित गरेको हो । 

पहिलो हाफमा २-० ले अग्रता लिएको म्यानचेस्टरले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको पहिलो हमाफमा मसोन ग्रीनवुड र मार्कुस रासफोर्डले एक एक गोल गरे । ग्रीनवुडले खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। 

त्यस्तै २७ औं मिनेटमा रासफोर्डले गोल गर्दै पलिहो हाफमा अग्रता दोब्बर पारेका हुन् । दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा फिल जोनेस र एन्थोनी मार्टिएलले एक एक गोल गरे । फिलले ५१ औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै मार्टिएलले ६९ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ४-० को फराकिलो जित दिलाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।