बिहीबार, वैशाख ३, २०८३

विश्वकप छनोटमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एसियाको दोस्रो चरणको विश्वकप फुटबल छनोट अन्तरगत नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्ने भएको छ ।  सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि नेपालले दोस्रो चरणको छनोटमा पहिलो खेल कुवेतसँग खेल्न लागेको हो । 

दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ । फिफाले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘बी’ मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ । 

नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ । त्यस्तै नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ भने २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ । अक्टोवर १५ मा घरेलु मैदानमा जोर्डनसँग खेल्दा सन् २०२० को जुन ४ गते उसैको मैदानमा अवे खेल खेल्नेछ ।

त्यस्तै नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा अवे खेल खेल्नेछ । दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।