एजेन्सी- आयाक्स स्टार युवा खेलाडी म्याथिज डि लिट अन्ततः इटालियन क्लब युभेन्ट्स जाने पक्का भएको अन्तराष्ट्रिय मिडिया मिरोरले जनाएको छ । युरोपका थुप्रै क्लबले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेको म्याथिजलाई युभेन्ट्सले हाइज्याक गरेको मिरोरले जनाएको हो।
म्याथिजलाई बार्सिलोना लगायत म्यानचेस्टर युनाईटेट, लिभरपुल र पिएसजी समेतले अनुबन्ध गर्न कसरत गरेका थिए । तर, अन्य क्लब सम्झौतसम्म पुग्न सकेनन् । यता यस साता भित्र म्याथिजलाई टुरीनमा अनुबन्ध गरी सक्ने बताइएको छ ।
त्यसका लागि हाल उनलाई स्वास्थ परिक्षणको निगरानीमा राखेको बताइएको छ । लामो समयको छलफल पछि मंगलबार टुरीन पुगेका म्याथिजले बुधबार स्वास्थ्य परिक्षण गर्ने जनाइएको छ । म्याथिजले पाँच वर्षको सम्झौता स्विकरा गरेको मिरोरले जनाएको हो । इटालीयन प्रेशका अनुसार युभेन्ट्सले उनका लागि ७५ मिलियन युरो तिर्ने छ ।
१९ वर्षीय डच डिफेन्डर म्याथिजले आयाक्सको कप्तानी गर्दै ११७ खेलमा १३ गोल गरेका छन् । उनले नेलरल्यान्डस् राष्ट्रिय टोलीका लागि हालसम्म १५ खेल खेलेका छन् । पछिल्लो सिजन आयाक्सको सानदार नेतृत्व गर्दै आफु र टिमलाई सर्वश्रेष्ठ स्थानमा समेत राख्न सफल भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४