बुधबार, साउन २७, २०८३

पिएसजीको फराकिलो जितमा एमबाप्पेको दुई गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- प्रि-सिजन अन्तरगत क्लब मैत्रिपूर्ण खेलमा फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले फराकिलो जित निकालेको हो । प्रि-सिजन टूरको पहिलो खेलमा पिएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६-१ को फराकिलो अन्तरले पराजति गरेको हो । 

पिएसजीको जितका लागि केलिएन एमबाप्पेले दुई तथा जुलियन ड्रेक्सलर, आर्थर जाग्रे, वीरगिलु पोस्टोलाची र आदिल अछुतेले एक एक गोल गरे । डायनामाका लागि मौसा कोनले एक गोल फर्काए । 

खेलको छैठौं मिनेटमा एम्बाप्पेले गाल गर्दै पिएसजीलाई अग्रता दिलाए । त्यस्तै १८ औं मिनेटमा जुलियन ड्रेक्सलरले गोल गर्दै अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा पिएसजीलाई ३-० को अग्रता दिलाए । 

त्यसपछि दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो । ४८ औं मिनेटमा आर्थर जाग्रेले गोल गर्दा ६१ औं मिनेटमा वीरगिलु पोस्टोलाचीले गोल गर्दै पिएसजी ५-० ले अगाढी बढ्यो । 

त्यसपछि ७१ औं मिनेटमा आदिल अछुतेले गोल गर्दै खेल ६-० को स्थितीमा ल्याए । ७६ औं मिनेटमा डायनामो ड्रेसडेनका मौसा कोनले पेनाल्टीमा गोल गर्दै खेल ६-१ के स्थितिमा सकियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।