बिहीबार, वैशाख ३, २०८३

को बन्दै छ भारतको प्रशिक्षक र कप्तान?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको चर्चा नसेलाउँदै भारतीय मिडियामा फेरी आर्को चर्चा चलेको छ । यति बेला भने भारतीय क्रिकेट बोर्डमा नै प्रशिक्षक र कप्तानका लागि चर्चा चलेको छ। 

विश्वकप क्रिकेट रिव्युमा कप्तानको चर्चा गरिएको छ भने प्रशिक्षकका लागि बिसिसिआईले आवेदननै आहवान गरेको छ । यतिबेता भारतीय क्रिकेट टिमको कप्तानका लागि विराट कोहलीको स्थानमा उपकप्तान रोहित शर्माले भएका छन् । 

भारतीय मिडियाका अनुसार रोहितलाई एकदिवसीय क्रिकेटको कप्तानको रुपमा जिम्मा दिइने छ । त्यस्तै कोहलीले टेस्ट टिमको कप्तानी गर्ने बिसिसिआईका एक अधिकारीले जनाएको भारतीय मिडियाले जनाएको छ । 

अधिकारीका अनुसार एकदिवसीय क्रिकेट टोलीका लागि रोहित सहि बिकल्प भएको बताएका छन् । उनले विश्वकपको हार पछि सबै भन्दा ठुलो मुद्दा कोहली र रोहितकाबीच रहेको बताए ।  

त्यस्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पुरुष टोलीको नयाँ प्रशिक्षक नियुक्र गर्ने भएको छ । टोलीको नयाँ प्रशिक्षक नियुक्तीका लागि बिसिसिआईले इच्छुक उमेदवारी आहवान समत गरेको छ । 

विश्वकपबाट हार व्यहोरर्दै भारत फर्केको हालको टोलीको प्रशिक्षक रवि शास्त्रीको कार्यकाल वेस्टइनिडजसँगको सिरिुज पछि सकिने जनाएको छ । बिसिसिआईले नयाँ प्रशिक्षक, ब्याटिङ प्रशिक्षक, बलिङ प्रशिक्षक, फिल्डिङ प्रशिक्षक, फिजियोथेरेपिस्ट, शक्ति र कंन्डिश्निङ प्रशिक्षक र प्रशासनिक प्रबन्धकका लागि ३० जुलाईलाई अन्तिम मिति तोकी आवेदन सार्वजनिक गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।