एजेन्सी- बंगलादेश क्रिकेट बोर्डले आगामी श्रीलंका टुरका लागि सार्वजनिक गरेको टोलीमा अलराउण्डर शाकिब खल हसन र लिटन दासलाई समावेश गरेको छैन् ।
भखैरै इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका शाकिब र लिटनलाई टोली बाहिर राखेको छ । लयमा रहेका शाकिब र लिटनलाई विश्वकप पछि श्रीलंकासँगको खेलमा विश्राम दिएको हो ।
बंगलादेशले जुलाई २६, २८ र ३१ मा तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । विश्वकपको सेमिफाइनलमा बंगलादेशले स्थान नबानाए पनि शाकिबको प्रदर्शन भने उत्कृष्ट रहेको थियो ।
उनको ब्याटिङबाट मात्र नभई बलिङबाट समेत उत्कृष्ट प्रदर्शन रह्यो । उनले आठ खेलमा ६०६ रन जोड्दा ११ विकेट लिएका थिए । उनी विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन् ।
बंगलादेश टोली : मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, सौम्या सरकार, मुश्फिकुर रहीम, महमुदुल्लाह रियाद, मोहम्मद मिथुन, मोसाद्देक हुसेन, सब्बरी रहमान, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अनुमुल हक, मेहदी हसन, मोहम्मद सैफुद्दीन र तैजुल इस्लाम ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४