बिहीबार, वैशाख ३, २०८३

काउटिन्होको मन लिभरपुलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा बार्सिलोनाका अट्रयाकर मिडफिल्डर फिलिप्पे काउटिन्हो अन्य प्रिमियर लिग क्लब जान नसक्ने दउनका एजेन्टले बताएक छन्। काउटिन्हो लिभरपुल बाहेक अन्य क्बल जान नसक्ने उनका एजेन्ट किआ जूराबचियनले बताएका छन् । 

काउटिन्होका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुल इच्छुक भएका छन् । तर, उनका एजेन्ट किआले काउटिन्हो प्रिमियर लिगमा फर्किए लिभरपुलमा मात्र फर्किने दाबी गरेका छन् । उनले काउटिन्हाको मन लिभरपुलमै भएको बताएका छन् । 

‘युनाइटेडमा ठुलो क्लब हो। उक्त क्लबमा मेरा खेलाडी छन् र म ती सबैलाई सम्मान गर्छु । तर, काउटिन्हो उक्त कलबमा जान असम्भव छ ।’ एजेन्ट कोआले भने, ‘काउटिन्होका लागि धेरै गाह्रो छ की उनले प्रिमियर लिगमा लिभरपुलविरुद्ध खेल्न । 

किनकी उनको पूरै मन र दिमाग लिभरपुलमा छ। उनको सबै भन्दा उत्कृष्ट फुटबल जीवन लिभरपुलमा वितेको थियो ।’ काउटिन्होले लिभरपुलमा पाँच वर्ष बिताएका थिए । उनी २०१८ को जनवरीमा १४२ मिलियान पाउण्डमा बार्सिलोना पुगेका थिए । 

तर, उनले बार्सिलोनामा आफुलाई प्रमाणित गर्न संघर्ष गरिरहेका छन् । काउटिन्होले गत सिजन बार्सिलोनाका लागि ला लिगाका ३३ खेल खेल्दा मात्र ५ गोल गरेका थिए । उनले सबै खाले ५३ खेलमा ११ गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।