काठमाडौं – ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ। सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीतको भिडियो आइतबार ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो।
‘मेरो खुशी’ एल्बमको टाईटल गीतको यो म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। गीतमा शब्द र संगीत दुबै सो प्रेमको रहेको छ। भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानले अभिनय गरेका छन्। गीतको छायांकन बुद्ध थापाले गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४