बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राष्ट्रिय विपत्तिमा संसद बैठक स्थगित गरिनु सरकारको बदमासी'

'राष्ट्रिय विपत्तिमा संसद बैठक स्थगित गरिनु सरकारको बदमासी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्। 

उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढ्नुपर्नेमा प्रतिनिधिसभा बैठक नै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप लगाए। 

सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा गरे। 

‘विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढ्न आफ्नो पार्टीले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाले भने, ‘तर सरकारले राष्ट्रिय संकटका बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो।’

सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।