बुधबार, साउन २७, २०८३

बूढानीलकण्ठ स्कुलले मनायो भानुभक्त जयन्ती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बूढानीलकण्ठ स्कुलको नेपाली विभागले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जयन्ती भव्य रूपमा मनायो । 

नेपाली साहित्यका विशिष्ट साधक,  वरिष्ठ समालोचक, प्रतिष्ठित निबन्धकार एवम् सुप्रसिद्ध उपन्यासकार श्री कृष्ण धरावासीज्यूको  प्रमुख आतिथ्यमा सञ्चालित  कार्यक्रममा  बालबालिकाहरूले भानुरचना पाठ  गर्नाका साथै  मौलिक कवितावाचन गरेका थिए ।

सो अवसरमा स्कुलका प्राचार्य श्री होमनाथ आचार्यले प्रमुख अतिथिलाई दोसल्ला ओढाई सम्मानपत्र  र उपहार प्रदान गरेका थिए। प्रमुख अतिथिले नेपाली भाषा अन्तर्राष्ट्रिय भाषा बनेको प्रसङ्ग उठाउँदै  विभिन्न देशमा भानुभक्तको सम्मान हुन थालेको बताए। 

भाषाको मनोवैज्ञानिक प्रभावको चर्चा गर्दै उनले जातीयकवि भानुभक्त स्वदेश एवम् विदेशमा रहेका सम्पूर्ण नेपालीको आदरणीय कवि रहेको बताए। विद्यार्थीलाई नेपाली भाषामा कलम चलाउन उत्प्रेरित गर्दै उनले आफूले देखेभोगेको कुरा लेख्दै गए सफल हुने बताए। 

भानुभक्तका सम्बन्धमा रचना गरिएको गीत र नृत्यका साथ आरम्भ गरिएको कार्यक्रमको सभापतित्व नेपाली विभागका प्रमुख श्री ज्ञानप्रसाद आचार्यले  गरेका थिए। नेपाली विभागकी सदस्य श्रीमती प्रिया पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा शिक्षक बाबुराम लम्सालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा भानुजयन्तीका अवसरमा आयोजित कवितावाचन प्रतियोगितामा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।