बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षकको कुटाइबाट मृत्यु भएका किशोरको शव अस्पतालमै, बुबा वेहोस

शिक्षकको कुटाइबाट मृत्यु भएका किशोरको शव अस्पतालमै, बुबा वेहोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - शिक्षकको कुटाइबाट मृत्यु भएका कञ्चनपुरका १५ वर्षीय माधव कलौनीको शव छ दिन सम्म उठ्न सकेको छैन। भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधवको गत मंगलबार राति उपचारका क्रममा भारतमा मृत्यु भएको थियो ।

कलौनीको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ। पोस्टमार्टम नगरिएकाले मृत्यु भएको ६ दिन बित्दा पनि आफन्तले दाहसंस्कार गर्न पाएका छैनन् ।  कलौनीको भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा मृत्यु भएकोले सो अस्पतालको पोस्टमार्टमको रिपोर्ट नआएकाले यहाँ पोस्टमार्टम गर्न नसकिएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । 

भारतीय अस्पतालले पोस्टमार्टम रिपोर्टका लागि सात दिनदेखि १० दिन लाग्ने भनेपछि मृतका बुबा र एक प्रहरी सहितको टोली फर्किएको प्रहरीले जनाएको छ ।

यसैबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष र चारजना शिक्षकका नाममा परिवारले किटानी जाहेरी दिएका छन्। पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएर अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 

अध्यक्ष निरञ्जनप्रसाद बोहरा, प्रधानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीविरुद्ध मुद्दा दर्ता भएको छ। पाँचैजना प्रहरी हिरासतमा छन्।

कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते चारजना शिक्षकले रुलर, लट्ठी, बुट र मुक्काले कार्यालयमै लगेर कुटपिट गरेको आफन्तले जनाएका छन्। कुटपिटबाट गम्भीर घाइते कलौनीलाई महाकाली अञ्चल अस्पताल र कोहलपुरसमेत लगेर उपचार गर्दा सुधार नभएपछि भारत लगिएको थियो । बैतडी घर भएका कलौनी मामा घरमा बसेर पढ्दै आएका थिए ।

सर्पले टोक्दा बुबा वेहोश

मृतकका बुबा वृहस्पति कलौनी सर्पले टोकेर वेहोश भएका छन्। शनिबार साँझ छोरा वियोगको शोक र दाहसंस्कार गर्न नपाएको चिन्तामा खाना नखाएर झोक्राइहेका उनलाई सर्पले टोकेपछि वेहोश भएका हुन्। खाना खानका लागि लुगा बदल्न जाँदा राति १० बजेतिर ढोकानेर सर्पले दायाँ खुट्टाको औंलामा टोकेको बुझिएको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।