बुधबार, साउन २७, २०८३

विप्लवबाट मारिएका प्रहरीको शव अझै उठेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गत असार २५ गते विप्लब समुहसंगको भिडन्तमा मारिएका नेपाल प्रहरीका जवान सन्जीव रार्इको शव अस्पतालबाट अझै उठ्न सकेको छैन । 

 प्रहरी र विप्लब समुहको भिडन्तमा प्रहरी जवान सन्जीवका राई र विप्लब समुहका ओखलढुङ्गा ईन्चार्ज नीरकुमार राईको  गोली हानाहानमा मृत्यु भएको थियो ।

नीरकुमार राईको परिवारले शव बुझेर  दाहसंस्कार समेत गरिसकेका छन । प्रहरी जवान सन्जीवको शव भने धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरले मौसम  खराबका कारण प्रहरी जवान राईको शव परिवारलाई जिम्मा लगाउन नसकिएको जनाएको छ । सन्जीवको शव उनको जन्मघर खोटाङको च्यास मिटरमा परिवारको जिम्मा लगाउने तयारी भएको थियो । तर, च्यासमिटरमा हेलिकोप्टर जान नसकेपछि ६ दिनदेखि  शव   अस्पतालमा थन्कीएको  हो ।

मौसम खुलेमा सन्जीबको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत आजै खोटाङ्ग लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका  प्रमुख डिएसपी नर बहादुर सलामीले  जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।