काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशका करिब एक दर्जन सडक ठप्प भएका छन् ।
कतै बाढीले पूल बगाउँदा त कतै पहिरो सडक पुर्दा यातायात अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मनाङ, मुस्ताङ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, भोजपुर, धनकुटा, रौतहट, महोत्तरी, पाल्पा र कालिकोट जिल्लाका सडकहरु अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
कहाँ कहाँको सडक अवरुद्ध ? हेर्नुहोस विवरण
