काठमाडौं- बाढी पूर्वानुमान शाखाले मध्य तराईका खोलाहरुमा पुनः बाढी आउने चेतावनी दिएको छ ।
भारतबाट ठूलो वर्षा गराउने बादल नेपाल प्रवेश गरेकाले थप वर्षासँगै बाढीको जोखिम बढेकाले सचेत हुन शाखाले अपिल गरेको हो ।
बाढी पूर्वानुमान शाखाका अनुसार चुरे क्षेत्रका खोलाहरुमा बाढीको जोखिम अत्याधिक देखिएको छ । रातो, खाडो, गागल लगायतका नदीमा बाढी आउन सक्ने उसले जनाएको छ ।
निरन्तरको वर्षाका कारण पूर्वका झापा, मोरङ, इलाममा पनि वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको हो । मध्य तराईसँगै काठमाण्डौ उपत्यकामा पनि राति ठूलो पानी परेको छ ।
रातभर आएको पानीका कारण नदीमा पानीको सतह बढेको छ । वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दे सतर्क रहन महाशाखाले आग्रह गरेको छ । सोमबार दिनभर पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४