काठमाडौं- शनिबार दिउसो दाङ तुलसीपुर-११ रजवारा चोकको खाजाघरमा खुकुरी प्रहार गरि फरार रहेका ६ जनालाइ दाङ्ग प्रहरीले आइतबार पक्राउ गरेको छ।
तुल्सीपुर रजहरमा रुद्रबहादुर डाँगीले संचालन गरेको खाजा पसलमा खाजा खाईरहेका २२ वर्षीय रामबहादुर वलीलाई ३ वटा मोटरसाइकलमा आएका व्यक्तिहरुले खुकुरी प्रहार गरी भागेको थिए।
पक्राउ पर्नेमा तुलसीपुर–१८ का सौरभ मल्ल, शुभम् शर्मा, तेजेश पुनमगर, रमेश के.सी, अमृत वली र भरत शाही छन्।
उनीहरुलाइ प्रहरीले नर्सरीको जंगल डागीचौर खोलाबाट पक्राउ गरेको हो। घाइते रामबहादुर वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार संभव नभएपछि भारतको लखनउ लैजाँदै आइतबार मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४