काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न संचार माध्यामहरुलाई रोक लगाएका छन् ?
मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक संचालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लएका हुन्।
आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए। ‘यसरी भिडियो लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’
कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ। यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाए।
मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...