बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दबाव

६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दबाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाव दिन सुरु गरेको छ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पुरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दबाव दिएकी हुन्।

आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पूरानै अडान दोहोर्याईन्। 

सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क गरिन्। उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाईन्। ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उनको भनाई थियो।

सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराईन्। उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पारिन्।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ। त्यसप्रति सत्तारुढ नेकपाकै सांसद श्रेष्ठको असहमति छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।