बुधबार, साउन २७, २०८३

भैरहवामा आदिकवि जयन्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- आदिकवि भानुभक्त आचार्यको २०६ औं जयन्तीका अवसरमा भैरहवामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा आइतबार विहान भानु विशेष कार्यक्रम सम्पन्न भयो।

परिषद्को आयोजनामा भएको प्रभातफेरीमा नेपाल प्रहरीको ब्यान्डबाजासहित बजार परिक्रमा गरिएको थियो। देवकोटाचोकबाट सुरु भएको प्रभातफेरी विभिन्न संघसंस्थाको ब्यानरसहित भानुभक्तीय रामयण पाठ गर्दै नयाँ सडक, ब्रमेलीटोल, बुद्धचोक, प्रभातपथ हँुदै भानु माविमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गरेर समापन भएको थियो।

प्रभात फेरीमा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, प्राज्ञ सभा सदस्य प्रा.डा कपिलदेव लामिछाने, वरिष्ठ साहित्यकारहरु बालकृष्ण भट्टराई, मणिराम भट्टराई, भरतकुमार पोखरेल, डा. दामोदर ढकाल, विजय सागर, वनमाली निराकार, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिर्जनशील साहित्यिक समाजका अध्यक्ष शशि पन्थी, सीता ढुंगाना, पवित्रा कोइराला, रामबहादुर श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, भानु विद्यालय, न्यू ईरा उच्च मावि, लायन्स क्लब, रोटरी, सामूहिक विद्यालय परिवार लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको परिषदका सचिव लक्ष्मी प्रसाद अधिकारीले बताए। 

हरेक वर्ष भानु जयन्ती विशेष रुपले मनाउँदै आएको यस क्षेत्रकै जेठो साहित्यिक संस्था सिद्धार्थ साहित्य परिषद्ले असार २९ गतेलाई विशेष दिनका रुपमा मनाउने गर्दछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।