बुधबार, मंसिर ३, २०८२

मिडियाले बाइकट गरेपछि कंगना अप्ठेरोमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- प्राय विवादमा फसिरहने बलिउड अभिनेत्री हुन्, कंगना रनावत। कडा मिजासकी कंगनाको धेरैसँग पानी बाराबारको अवस्था छ।

हालै, ‘जजमेन्टल हे क्या’ फिल्मको गीत रिलिजको दौरानमा कंगनाको मिडियासँगै ठूलै विवाद परेको छ।

जसका कारण, भारतीय मिडियाले कंगनालाई बाइकट नै गरेका छन्। कंगनाले मिडियासँग माफी माग्नु पर्ने माग गरेको थियो, भने कंगना आफ्नो बिचारमै अडिग भइन्। यसको प्रत्यक्ष असर ‘जजमेन्टल हे क्या’ लाई परेको छ। 

एकता कपुरको निर्माण रहेको फिल्मले जुन १३ मा ठूलो इभेन्ट आयोजना गरेको थियो। उक्त इभेन्ट कंगना र मिडियासँगैको झगडा भए पछिको पहिलो कार्यक्रम थियो।

तर, उक्त कार्यक्रममा ठूला मिडिया पनि सामेल भएनन्। यहाँसम्म कि फोटोग्राफर पनि कार्यक्रममा गएन्न जसको कारण कार्यक्रम नै रद्द गर्नु पर्यो। कंगना बिरामी भएको कारण देखाउँदै निमार्ण पक्षले कार्यक्रम रद्द गरेको थियो।

एकता कपुरले भने मिडियामा माफी मागेको थिइन्। आफ्नो फिल्म रिलिजअघि साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै प्रेस विज्ञप्ती नै निकालेकी थिइन्।

जसको उत्तरमा, कंगनालाई मिडियाले बाइकट नै गरेको र उनीबारे केही  नलेख्ने उत्तर दिएका थिए।

यद्यपी, कंगना बाहेक फिल्म र अन्य तर्फबाट फिल्मको प्रचारमा साथ रहने आस्वशन दिएका थिए। 

एकता कपुरको निर्माणमा बनेको फिल्म ‘जजमेन्टल हे क्या’ चाँडै नै रिलिजमा आउन लागेको छ। फिल्ममा कंगना रनावत र राज कुमार रावको मुख्य भुमिका रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्