बुधबार, साउन २७, २०८३

उद्धार राहतलाई प्रभावकारी बनाउन पूर्वराजाको  अपिल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन अपिल गरेका छन् ।  

बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘यो बर्षको मौसमी बर्षासंगै राजधानीलगायत देशका बिभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ।’

‘प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ।’ 

पूर्वराजा शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपदको यो घडीमा म शोक संन्तप्त पीडित सबैप्रति हार्दिक सम्वेदना र सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।