सुनसरी- शनिबार राति सप्तकोशी नदिको ५६ वटै ढोका खोलिएकोमा आइतबार बिहान पुनः २६ वटा ढोका बन्द गरिएको छ ।
पानीको बहाव कम भएको भन्दै भारतीय पक्षले ३० वटा ढोका मात्रै खेलेको हो ।
५६ वटा ढोका खोले लगतै भारतीय पक्षले ढोका बन्द गर्न तिब्र दबाब दिएको थियो । स्थानीयका अनुसार भारतको दबाबकै कारण २६ वटा ढोका बन्द गरिएको हो । ३० वटा मात्रै ढोका खुलेपछि अहिले पुनः बाँध क्षेत्रमा पानीको दबाब बढेको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार अहिले सप्कोशी पानीको बहाब २ लाख ६० हजार क्यूसेक छ । २ लाख ५० हजार क्यूसेकमाथि पुगेपछि बाँध क्षेत्रमा रातो बत्ति बाल्ने गरिन्छ । अहिले बाँध क्षेत्रमा रातो बत्ति बालिएको छ ।
बाँध क्षेत्रमा थुप्रिएको बालुवा हटाउन लागि ढोका खोलिएको थियो । अहिले पुनः ढोका बन्द गरिएसँगै सुनसरीका विभिन्न ठाउँ डुवानमा पर्न थालेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४