बुधबार, साउन २७, २०८३

कस्तो हुनेछ आजको मौसम ? बाढीपहिरोको जोखिम कति ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तीन दिनदेखि परेको लगातार वर्षाको क्रम आइतबार (आज) बाट कम हुने भएको छ ।

मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको मात्रा केही घट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।
 
वर्षा कम भएपछि वर्षाको क्रम हुन भने नरोकिने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार अझै १/२ दिन लगातार जस्तै वर्षा हुने सम्भावना छ । तर भारी वर्षा भने कम हुने देखिएको छ ।
 
वर्षा गराउने बादलको कुनै कमी नभएपनि बादलको मोटाइ कम भएकाले भारी वर्षाको सम्भावना कम रहेको उनले जानकारी दिइन् । अब हल्कादेखि मध्यमसम्म मात्र वर्षा हुने उनले बताइन् ।
  
मौसमविद्हरुका अनुसार ५० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटर कट्यो भने त्यो विनाशकारी हुन्छ। आइतबारदेखि ५० मिलमिटर कट्ने देखिन्न, तर त्यसो भनेर ढुक्क हुने अवस्था भने नरहेको मौसमविद्हरुले जनाएका छन् । 

यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सबै प्रमुख तथा मझौला नदीहरु सतर्कता तह आसपास छन भने प्राय नदीहरुमा पानीको स्तर  घट्दो क्रममा देखिएको छ । 

महाशखाका अनुसार बाढीको पूर्वानुमान

असार २९ (आइतबार)

आज देशको प्रदेश १, २ र ३ बाट बहने स-साना खोला तथा नदीहरु मध्येखासगरी चुरेबाट बहने रातु, खाांडो त्रियुगा लगायत केहीमा आकस्मिक बहाब हुने सम्भावना कायमै छ।

प्रमुख तथा मझौला नदीहरु कन्काई, कोसी, कमला, बागमती, पश्चिम राप्ती र बबई आज दिनभर सतर्कता आसपास रहिरहने सांभावना छ। सतर्कता तह पार हुने सम्भावना न्युन छ।

कर्णाली र महाकाली नदी भने सतर्कता तह भन्दा तलै रहने देखिन्छ।

असार ३० (सोमबार)

भोली देशैभरकम प्रमुख तथा मझौला नदीहरुमा बहाब सतर्कता तह भन्दा घट्दो क्रममा रहने देखिएको छ । तथापी देशैभरको चुरे र मध्य पहणडी क्षेत्रबाट बहने स–सना खोलाहरुमा आकस्मिक बहाबको न्युन सम्भावना भने कायमै छ । 

असार ३१ (मंगलबार)

मंगलबार देशका सबै प्रमुख तथा मझौला नदीहरु सतर्कता तह भन्दा तलै सामान्य अवस्थामा रहने सम्भावना छ। स–सना खोलाहरुमा आकस्मिक बहाव आउने सम्भावना पनि कमै देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।