सुनसरी- सप्तरकोशीकोको बाँध नै फुट्ने खतरा बढेपछि ५६ वटै ढोका खोलिएको छ ।
पानीको अत्याधिक बहावका कारण कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको सुनसरी प्रशासनले जनाएको छ ।
सबै ढोका खोलिएसँगै आइतबार बिहानबाट पानीको बहाव कम भएको छ। आइतबार बिहानको मापन अनुसार २ लाख ९० हजार ३ सय ४० क्युसेक पानीको बहाव छ । शनिबार राती ३ लाख ७१ हजार एक १ सय १० क्यूसेक सम्म पानी पुगेको थियो ।
सप्तकोशीको सबै ढोका खोल्न स्थानीयले चर्को दबाब दिएका थिए । यहाँको ढोका खोल्ने निर्णय भारतीय पक्षले गर्दै आएको छ । बाँध भारतले नै बनाएका कारण यसका कतिवटा ढोका खोल्ने भन्ने निर्णय भारतले गर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४