बुधबार, साउन २७, २०८३

बाढीले डोल्पामा दश जना वेपत्ता, एक जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- अविरल वर्षापछि आएको बाढीले डोल्पामा एक जनाको मृत्यु भएको छ भने दश जना वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा मुड्केजला गाउँपालिकाको वडा नं. १ का धनराज बोहोरा रहेका छन् । 

गाउँपालिकाको वडा नं. १, २ र ३ को कासिलखोला क्षेत्रमा आएको बाढीले ३ वटा घर १० वटा पनी घट्ट बगाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 

पानी परेको बेला घर र घट्टमा बसेका दश जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अवदेश बुढाक्षेत्रीले जानकारी दिए । 

उद्धारका लागि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी र नेपाली सेना घटनास्थतर्फ लागेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।