बुधबार, साउन २७, २०८३

कमला नदीमा फसेका ९ जनाको ४८ घन्टापछि उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- कमला नदीमा फसेका सबैको उद्धार गरिएको छ। बाढीमा फसेका १८ जनालाई सुरक्षाकर्मीले शनिबार साँझ उद्धार गरेको हो।

धनुषाको सघारा र सिरहाको बस्तीकट्टी गाउँपालिका जोड्ने निर्माणाधीन हुलाकी सडकको पुल बनाउने क्रममा फसेका इन्जिनियरसहित ९ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट शनिबार साँभ उद्धार गरिएको छ।

बिहीबार साँझदेखि बाढीमा फसेका उनीहरुलाई ४८ घन्टापछि नेपाली सेनाको टोलीलेल उद्धार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए।

नदीको भंगालोमा फसेका उनीहरुको उद्धार गर्न शुक्रबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले प्रयास जारी राखेका थिए। तर नदीमा पानीको उच्च बहाव भएकोले उद्धार हुन सकेको थिएन् भने खराब मौसमका कारण त्यहाँसम्म हेलिकप्टर पुग्न सकेको थिएन्।

यसैगरी विहिबारदेखि नै कमला नदीमा फसेका ८ जना सर्वसाधारणको समेत उद्धार गरिएको छ। उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो।

सिरहा कल्याणपुर नगरपालिका–५ निर्दनाका सुक्देव साह, कञ्चन मण्डल, रशिचन्द्र दास, कुनाही महतो र उनकी श्रीमतीसहित पाँचजना र कमला नगरपालिका हथमुन्डाका अमृत महतो, सन्तोषी सदा, रेशमा देवी महतो र अनारदेवी सादालाई सुरक्षा टोलीले उद्धार गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।