जनकपुरधाम- प्रदेश २ सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
शनिबार बसेको आकमस्कि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण प्रदेश २ को आठै जिल्ला प्रभावित भएको छ। अत्याधिक वर्षाका कारण प्रदेश २ को करिब ८० प्रतिशत भूभाग डुबानमा परेको छ।
मन्त्रिपरिषद् बैठकले रातह तथा उद्धार कार्यका लागि विपद् व्यवस्थापन समितिलाई तत्काल १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारक प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
मन्त्री यादवका अनुसार आठ जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई तत्काल १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
बैठकले रातह तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै यस कार्यमा जुट्न प्रदेशभरिका युवाहरुलाई आव्हान गरेको छ।
बाढी पहिरोका कारण बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको कानुनमन्त्री यादवले जानकारी दिए।
प्रदेश सरकारका अनुसार बाढीका कारण शनिबार मध्यान्नसम्म दुईजनाको मृत्यु भएको छ भने चारजना वेपत्ता भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४