इटहरी- अविरल वर्षा, बाढी र डुबानको कारण प्रदेश नम्बर १ मा १५ जनाको मृत्यु भएको छ।
प्रदेश नम्बर १ प्रहरी कार्यालयले जानकारी दिएको जानकारीअनुसार पछिल्ला केही दिनयता आएको बाढी, पहिरो र डुबानबाट ज्यान जानेको संख्या १५ पुगेको हो।
खोटाङमा ३ जना, झापामा २ जना, ओखलढुंगामा ३ जना, भोजपुरमा ४ जना र सुनसरीमा २ जनाको ज्यान गएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रबक्ता किशोर कुमार दाहालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४