बुधबार, मंसिर ३, २०८२

हरिवंश आचार्यको ‘बुढो हुन मन छैन’ गीत बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
‘बुढो हुन मन छैन लौन के गर्नु,
न उमेरलाई ब्याक गर्नु, न त प्याक गर्नु।’

यी शब्द चर्चित हाँस्य कलाकार हरिवंश आचार्यको गीतको स्थायी हुन्।

बुढ्यौली पनमा देखिने समस्या र मनभित्रका खुल्दुलीहरुलाई समेटेर आचार्यले हाँस्य मिश्रित गीत हालै सार्वजनिक गरेका छन्।

गीतमा बुढ्यौलीले छोप्दै लगेपछि मनमा उत्पन्न हुने अनेक भावनाहरुलाई समेट्ने प्रयास गरिएको छ। साथै धेरै कुराहरुमा साबधानी अपनाउन पर्ने भएपछि मनमा उत्पन्न हुने रहरहरु दबाएर राख्नुपर्ने यथार्थलाई पनि गीतमा समेटिएको छ।

मह सञ्चारको युट्युब च्यानलमार्फत् शुक्रबार उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा हरिवंश आचार्यकै शब्द र स्वर रहेको छ भने लोक भाकाबाट यसको संगीत संकलन गरिएको छ।


गीतको म्युजिक भिडियोमा आचार्य स्वयंमले अभिनय गरेका छन्। उनलाई अर्का वरिष्ठ कलाकार नरेन्द्र कंशकारले साथ दिएका छन्।

भिडियोको निर्देशन सुदन केसीले गरेका हुन् भने दीर्घ गुरुङको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्