बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँ खोजीरहेका छन् : मुख्यमन्त्री पोखरेल

चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँ खोजीरहेका छन् : मुख्यमन्त्री पोखरेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँ खोजिरहेको बताएका छन्।  

दशदिने चीन भ्रमण गरी प्रदेश नं ५ मा ओर्लिए लगत्तै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री पोखरेलले चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँको खोजी गरिहेको बताए।

उनले भ्रमण सफल भएको बताउदैं चीनले गरिबी निवारणमा पाएको सफलता र अल्पसंख्यक जातिको उत्थानमा गरेको पहल नेपालको लागि अनुकरणीय रहेको पनि बताए।  

उनले नेपाल सरकार र चीन सरकारको औपचारिक निर्णय अनुसार नै प्रदेश नं ५ सरकारले सिचुवान प्रान्तसंग भगिनी सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर गरेको समेत बताए। उनले नेपालको प्रदेश नं ५ संग बुद्ध जन्मस्थलको कारणले चिनियाहरु आकर्षित रहेको बताए।

मुख्यमन्त्री पोखरेलले सिचुवान प्रान्तको छेन्दु सहरमा नेपालले महावाणिज्य दूतावास राख्ने विषयमा पनि चिनिया गर्भनरले चासो राखेको बताए। उनले चीन भ्रमण फलदायी भएको बताए।

चिनिया कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन पुगेका नेकपाका प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले चीनमा रहँदा  चीनको दुई प्रान्तको भ्रमण गर्नुका साथै चिनिया कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुसँग पनि भेटघाट समेत गरेका थिए। 

यसैगरी प्रदेश ५ को जिल्ला दांगको घोराही उपमहानगरपालिका र सिचुवानको यानसिटीबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका र स्वीचाव प्रदेशको ल्यूफाशोय सहरबीच पनि भगिनी सम्बन्ध कायम भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।