बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढी पहिरोबाट देशभर ३० जनाको मृत्यु, १८ बेपत्ता, १२ घाइते

बाढी पहिरोबाट देशभर ३० जनाको मृत्यु, १८ बेपत्ता, १२ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बिहीबार रातीदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ।

शनिबार दिउँसोसम्मको विवरण अनुसार ३० को मृत्यु, १८ जना बेपत्ता र १२ जना घाइते भएका छन्।

बाढी पहिरोमा परी ज्यान गुमाउने सबैभन्दा धेरै ललितपुरमा ५ जना रहेका छन्। त्यस्तै काठमाडौं, खोटाङ र काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जना छन्।

त्यस्तै बाढीमा परी बेपत्ता हुनेमा सिन्धुलीमा सर्वाधिक ४ जना रहेका छन् भने भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी जम्मा १८ जना छन्।

बाढी पहिरोमा परेर मकवानपुरमा सर्वाधिक ४ जना घाइते भएका छन्। त्यस्तै काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका छन्।

सामान्यतया देशका अन्य स्थानमा पनि केही घाइते भएका विवरणहरु आएको र जानकारी लिने क्रम जारी रहेको जनाइएको छ।

नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखाका अनुसार बाढी र पहिरोमा परेका थुप्रै व्यक्तिलाई सकुशल उद्धार गरिएको छ।

प्रहरीको तथ्यांकअनुसार काठमाडौंलगायतका बढी प्रभावित क्षेत्रको तथ्यांकअनुसार १३३ जनाको उद्धार गरिएको छ। यसरी बाढीको चपेटामा परेर पनि सकुशल उद्धार हुनेमा काठमाडौंमा सबैभन्दा धेरै रहेका छन्।

उद्धार गरिएकामा काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जना गरी १ सय ३३ जनाको सकुशल उद्दार गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।