बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका कार्यकर्ताहरुलाई उद्धारको कार्यमा जुट्न निर्देशन गरेको छ।

देशभर बाढी पहिरोले क्षति पुर्याएको प्रति दुःख व्यक्त गर्दै कांग्रेसले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको हो।

शुक्रबार केन्द्रीय कार्य समितिको बैठकपछि एक विज्ञप्ती जारी गर्दै कांग्रेसले भनेको छ, ‘मुलुकभरिमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मुख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउ-धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी यो बैठक आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन गर्दछ।’

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विशेषत, यो बैठक नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरु समेतको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा राज्यका सबै निकायहरुलाई युद्धस्तरमा परिचालन गर्न माग गर्दछ।’

विज्ञप्तीमा प्राकृतिक विपतको घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपत व्यवस्थापनमा जुट्न यो बैठक अपिल गरिएको छ।

साथै कांग्रेसले अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा बितेको २४ घण्टामा करीब एक दर्जन नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ। 

केन्द्रीय कार्य समितिको अर्को बैठक २०७६ असार २९ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

शुक्रबारको बैठकमा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल भएको थियो।

बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेलगायत बोलेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।