मंगलबार, असार ३, २०८२

शक्ति कपुरले भने, ‘मेरी छोरीको बिवाहको निम्तो मलाई पनि दिनुहोला’ 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
गत वर्ष श्रद्धा कपुरको प्रेमको चर्चा बलिउड बी टाउनमा मात्र नभई नेपालमा पनि एकाएक चुलियो।

चुलिनुको एक मात्र कारण थिए, भारतमा बस्दै आएका नेपाली युवक रोहित श्रेष्ठ थिए। 

२ वर्षको लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्ने हल्ला पनि सलबलाएको थियो। सोही समयमा, श्रद्धा कपुरका पिता शक्ति कपुरले उनी ४–५ वर्ष अझै विवाह नहुने बताएका थिए। 

तर, पुन एक वर्षपछि , श्रद्धा कपुर र रोहित श्रेष्ठको बिवाहको प्रसंग फैलिएको छ। उनीहरू चाँडै नै विवाह गर्ने अफवाह फैलिएपछि, शक्ति कपुरले आफ्नो मौनता तोडेका छन्।

एक कार्यक्रममा उनलाई श्रद्धाको बिवाहको विषयमा सोधिएको प्रश्नमा घुमाउरो उत्तर दिएका छन्। 

उनले भने, ‘हो र, मेरो छोरीको बिवाहको  निम्तो मलाई पनि पठाउनु होला किनकी दुलहीको पिता हुँ।

पिताको उक्त जवाफपछि श्रद्धा कपुरको विवाहको विषय अफवाह मात्र भएको ठानिएको छ।

हाल, श्रद्धा कपुर अभिनित ‘साह्रो’ फिल्मको प्रर्दशनका तयारी तथा प्रचारमा व्यस्त छिन्। यसअघि उनीद्धारा अभिनित हरर कमेडी चलचित्र ‘स्त्री’ले दर्शकमाझ राम्रो छाप छोडेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्