बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

अफगानिस्तान- अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो। अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ। अफगानिस्तान छाड्न चाहेका मानिसहरुलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो।   

National life

ह्वाइट हाउसका सह प्रवक्ता एन्डेउ बाट्सले भने, ‘उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ। तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ।’

जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो। अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरुलाई पनि बाहिरिन मद्दत गरेको हो। 

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरुलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरुले प्रदेशका राजधानीहरु कब्जा गर्न थालेका थिए । प्रदेश राजधानीहरु कब्जा गर्न थालेको एक हप्तापछि उनीहरुले केन्द्रीय राजधानी नै कब्जा गरेका थिए। उनीहरु राजधानी कब्जाका लागि काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए। उनले थप रक्तपात र जनधनको क्षति हुन नदिनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेर हिँडेको बताएका थिए। 

राष्ट्रपति घानीले देश छाडेपछि तालिबान विद्रोहीहरुले देशको सबै सत्ता आफूहरुको नियन्त्रणमा आएको र तालिबान विद्रोह अन्त्य भएको घोषणा गरेका छन्। उनीहरुले अहिले आफ्नै सरकार गठन गरेर आफ्नै तरिकाको शासन व्यवस्था लागू गर्ने तयारीसमेत गरेका छन्। 

Laxmi sunrise bank
kumari

अघिल्लो कार्यकालमा कठोर शासन व्यवस्था लागू गरेका तालिबान विद्रोहीहरुले अहिले भने शासन व्यवस्थामा केही लचकता अपनाउने अपेक्षा गरिएको छ। तर कतिपयले भने उनीहरु उस्तै कठोर नै हुने भएकाले समर्थन र सहयोग गर्न नसकिने अडान पनि व्यक्त गरिरहेका छन्। उनीहरुको शासन व्यवस्था कस्तो होला र सहकार्य गर्न सकिएला कि नसकिएला भन्ने उत्सुकता अहिले विश्व समुदायमा देखिएको छ। -एएनआई


प्रकाशित: Aug 26, 2021| 11:45 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।