बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुन: बस्दै, यस्ता छन् एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुन: बस्दै, यस्ता छन् एजेण्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ। असार २२ गते आइतबार १४ एजेण्डा प्रस्तुत गर्दै एक घण्टा बसेर स्थगित भएको बैठक आज फेरी एक बजे बस्ने भएको हो। आइतबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका थिए। 

चैत्र ५ गतेपछि बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै तीन महिनापछि गत असार २२ गते बसेको थियो। पार्टीको १४ औं महाधिवेशन तयारीका विषयमा नेताहरुबीच सहमति नहुँदा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न ढिलाई हुँदै आएको छ।

मुख्य त महाधिवेशन कै विषयमा कुरा नमिल्दा बैठक बस्न ढिलो भएको कांग्रेस नेताहरुले बताउँदै आएका छन्। यसअघि ‘नेपाली कांग्रेसको नियमावली २०७६’ अध्ययनका लागि पाँच दिनको समय दिइएपछि आज पुन: बैठक बस्न लागेको हो।

बैठकको प्रमुख एजेण्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रकृया अघि बढाउने रहेको छ। यस्तै केन्द्रीय अनुशासन समितिको कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघ आदिबारे आजको बैठकमा छलफल हुने बताइएको छ। 

सभापति शेरबहादुर देउवा पक्षधर बाहेक रामचन्द्र पौडेल समूह, कोइराला परिवार र कृष्ण सिटौला समूहले महाधिवेशन यही फागुन मै गर्न दबाब दिदैछन्। बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरण प्रक्रिया अगाडि बढाउनु पर्ने पौडेलसहितको समूहको अडान छ।

सभापति शेरबहादुर देउवा पक्षले पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको, भातृ संगठन लथालिंग बनाएको, आफू निकटका नेताहरुलाई मात्र भूमिका दिएको संसदमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेकोलगायत विषय पनि उठाउने संस्थापन बाहेकका समूहको तयारी छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा चार वर्ष मात्र होइन साढे पाँच वर्षे कार्याकाल चलाउने मुडमा देखिएका छन्।  देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिदैछ। तर, पार्टीको विधानमा भएको व्यवस्था अनुसार उनले एक वर्ष थप्न चाहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।