बुधबार, साउन २७, २०८३

देशभर भारी वर्षा, बाढी र पहिरो, सचेत रहन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सूचना जारी गर्दै लगातार ठूलो वर्षाको सम्भावना रहेको र तराईका जिल्लामा बाढीको समेत सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह समेत गरेको छ। तराईका जिल्लामा रहेका नदीमा पानीको वहाव उच्च भएको भन्दै नदी छेउछाउका परिवारलाई सुरक्षित स्थान तर्फ जान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार देशभरका नदीमा पानीको तह उच्च गतिमा बढीरहेको छ। बागमती नदी खतराको स‌ंकेतमा पुगेको छ। ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सूचना जारी गरिएको छ। बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेको छ। यस्तै जनकपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन्। यस्तै लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय पनि जलमग्न भएका छन्। पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ। विराटनगरका समेत अधिकांश क्षेत्र डुवानमा परेका छन्। 

यस्तै कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहेका वासिन्दालाई बेलुका सम्मै सतर्क रहन आग्रह गरिएको छ। आज पनि वर्षाको सम्भावना रहेको भन्दै ठूलो बाढी आउन सक्ने अनुमान गरिएको छ।

यता सरकारले समेत बाढी आउन सक्ने स्थानमा रहेका सुरक्षा लगायत सम्बन्धित निकायलाई चनाखो रहन र उद्धार कार्यमा खट्न निर्देशन दिएको छ

हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू- भागमा अवस्थित रहेकोले लगातार वर्षा भैरहेको महाशाखाले जनाएको छ। यसको साथै मध्य र पूर्वी भू-भागमा न्यून चापिय क्षेत्र समेत रहेको छ जसका कारण आगामि २-३ दिन सम्म मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको मशाखाले जनाएको छ।

हाल देशभर लगातारको मनसुनि वर्षा भैरहेको छ। आज देशका खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ। देशको केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।